२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • एलजीको नयाँ ‘एसेन्सियल सिरिज’ नेपालमा, रेफ्रिजेरेटरदेखि...

एलजीको नयाँ ‘एसेन्सियल सिरिज’ नेपालमा, रेफ्रिजेरेटरदेखि एसीसम्म एकै श्रृंखलामा

एलजीको नयाँ ‘एसेन्सियल सिरिज’ नेपालमा, रेफ्रिजेरेटरदेखि एसीसम्म एकै श्रृंखलामा

बुधवार, आषाढ ३ २०८३०५:०२
बुधवार, आषाढ ३ २०८३०५:०२
  • images

    काठमाडौँ । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले नेपाली बजारका लागि नयाँ ‘एलजी एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ। काठमाडौंस्थित भिभान्ता काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत उक्त उत्पादन शृंखलाको औपचारिक अनावरण गरिएको हो।

    ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको एसेन्सियल सिरिजमा रेफ्रिजेरेटर, वासिङ मेसिन र एयर कन्डिसनरजस्ता दैनिक प्रयोगका घरेलु उपकरण समावेश छन्। कम्पनीले आधुनिक प्रविधि, भरपर्दो कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकतामा राखेर नेपाली उपभोक्ताका लागि यो श्रृंखला विकास गरेको जनाएको छ।

    नयाँ शृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन्। कम्पनीका अनुसार यी उत्पादनहरू नेपाली परिवारको आवश्यकता, प्रयोग शैली तथा स्थानीय वातावरणलाई ध्यानमा राखेर निर्माण गरिएका हुन्।

    कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजी इलेक्ट्रोनिक्सबीचको दीर्घकालीन सहकार्यलाई स्मरण गर्दै नयाँ श्रृंखलाले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरको प्रविधि सहज रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरे।

    एलजी इलेक्ट्रोनिक्स सिंगापुरका होम एप्लायन्स सोलुसन–प्रोडक्ट डाइरेक्टर चाङ्हो हानले नेपाली उपभोक्ताको आवश्यकता र बजार अध्ययनका आधारमा एसेन्सियल सिरिज विकास गरिएको जानकारी दिए। उनले आधुनिक डिजाइन, प्रयोगमैत्री सुविधा र भरपर्दो कार्यसम्पादनले नेपाली परिवारको दैनिक जीवनलाई थप सहज र स्मार्ट बनाउने बताए।

    कम्पनीका अनुसार डबल डोर रेफ्रिजेरेटरमा फ्रस्ट–फ्री प्रविधि, स्मार्ट मोड तथा अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता रहेको छ। यस्तै, फुल्ली अटोमेटिक टप लोड वासिङ मेसिनमा कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्ने ‘लो–प्रेसर फिल टेक्नोलोजी’, प्रोशिल्ड मोटर तथा वाटर–रेजिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता विशेषता समावेश छन्।

    त्यसैगरी, ऊर्जा–दक्ष प्रविधिसहित ल्याइएको एयर कन्डिसनरले प्रभावकारी कुलिङ र हिटिङ सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ। वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्टको प्रयोग तथा न्यून ध्वनिमा सञ्चालन हुने विशेषताले प्रयोगकर्तालाई थप आरामदायी अनुभव दिने कम्पनीले जनाएको छ।

    एलजी एसेन्सियल सिरिजका उत्पादनहरूको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुने कम्पनीले जनाएको छ। प्रारम्भिक मोडेलहरूको मूल्य ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ। उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछन्।

    कम्पनीले अन्तर्राष्ट्रियस्तरको गुणस्तर, आधुनिक प्रविधि र भरपर्दो सेवासहित सार्वजनिक गरिएको एसेन्सियल सिरिजले नेपाली घरपरिवारको दैनिक जीवनलाई थप स्मार्ट, सहज र समृद्ध बनाउने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend