काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला १० हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३०५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

