२०८३, आश्विन २१ गते

images

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, आषाढ ७ २०८३१०:५१
आइतवार, आषाढ ७ २०८३१०:५१
  • images

    काठमाडौँ । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो।

    महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा सुनको मूल्य उच्च विन्दुकै आसपासमा रहँदै आएको छ भने चाँदीको मूल्यमा पनि क्रमिक वृद्धि देखिएको छ।

    व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति, अमेरिकी डलरको विनिमय दर तथा विश्व आर्थिक अवस्थाले आगामी दिनमा सुन–चाँदीको मूल्यलाई थप प्रभावित पार्न सक्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend