काठमाडौँ । नेपाली बजारमा आज ९मंगलबार० सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदी महँगिएको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेर दुई लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर चार हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला चार हजार ६९० रुपैयाँ रहेको थियो।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा उतारचढाव भइरहेका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ। व्यवसायीहरूका अनुसार विश्व बजारको प्रवृत्ति, अमेरिकी डलरको अवस्था तथा अन्तर्राष्ट्रिय आर्थिक गतिविधिले सुनचाँदीको मूल्य निर्धारणमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।

