२०८३, आश्विन २१ गते

images

सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

शुक्रवार, आश्विन १८ २०८१०१:२५
शुक्रवार, आश्विन १८ २०८१०१:२५
  • images

    काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

    यस अघि असोज ११ गते सुनको मुल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मुल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend