२०८३, आश्विन २० गते

images

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा...

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा...

सीएनएन खबर
शनिवार, आश्विन १९ २०८१०२:०४
सीएनएन खबर
शनिवार, आश्विन १९ २०८१०२:०४
  • images

    लमजुङ । मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा  मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । 

    ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर  मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो । सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा  गम्भीर निजको मृत्यु भएको हो ।

    अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ । मृतककी एक छोरी र श्रीमती छन् । समयमा अस्पताल पुफ्याउन सकिएको भए निजको ज्यान जुगिनसक्ने तामाङका छिमेकीले बताएका छन् । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजादा आज बिहान मृत्यु भएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend