२०८३, आश्विन २० गते

images
  • समाचार
  • एकैपटक ६ सचिवको सरुवा, कहाँ कसले...

एकैपटक ६ सचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकैपटक ६ सचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

बुधवार, आषाढ ३१ २०८३०२:२३
बुधवार, आषाढ ३१ २०८३०२:२३
  • images

    काठमाडौँ । सरकारले एकैपटक विभिन्न मन्त्तालयमा कार्यरत ६ जना सचिवको सरुवा तथा पदस्थापना गरेको छ । सरुवाअनुसार राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको छ।

    यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव डिल्लीराम शर्मालाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवका रूपमा रहने गरी सरुवा गरिएको छ।

    त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

    सरुवा भएका सचिवहरूले सरुवाको पत्र प्राप्त गरिसकेको र सम्बन्धित निकायमा पदबहाली गर्ने तयारी गरिरहेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend