२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सेयर कारोबार प्रकरणमा दीपक भट्ट र...

सेयर कारोबार प्रकरणमा दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्ने आदेश

सेयर कारोबार प्रकरणमा दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्ने आदेश

शुक्रवार, श्रावण १ २०८३०७:१८
शुक्रवार, श्रावण १ २०८३०७:१८
  • images

    काठमाडौँ । जिल्ला अदालत काठमाडौंले सेयर तथा बिमासम्बन्धी कसुरमा पक्राउ परेका बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

    न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार थुनछेक आदेश जारी गर्दै बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ र दीपक भट्टसँग डेढ करोड रुपैयाँ धरौटी माग गरेको हो। यस्तै, सेयरसम्बन्धी कसुरमा अग्रवालसँग थप डेढ करोड रुपैयाँ र भट्टसँग एक करोड रुपैयाँ धरौटी मागिएको छ।

    एक सातासम्म निरन्तर सुनुवाइ गरेपछि जिल्ला अदालत काठमाडौंले बिहीबार उक्त थुनछेक आदेश जारी गरेको हो।

    यसैबीच, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसँग सम्बन्धित छुट्टै मुद्दामा अदालतले सुलभ अग्रवालसँग थप दुई करोड ३० लाख रुपैयाँ धरौटी माग्ने आदेशसमेत दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend