२०८३, आश्विन २१ गते

images

५६ अंकले बढ्यो सेयर बजार, ६ अर्ब २३ करोडको कारोबार

५६ अंकले बढ्यो सेयर बजार, ६ अर्ब २३ करोडको कारोबार

आइतवार, आश्विन २० २०८१०३:५३
आइतवार, आश्विन २० २०८१०३:५३
  • images

    काठमाडौं । आज सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार ५६ अंकले बढेर २६५३ को विन्दु कायम भएको छ । यसदिन २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको सेयर मूल्य घटेको छ । ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै साहस ऊर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै एनआरएनको २५ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

    यस्तै मध्ये भोटेकोशीका लगानीकर्ताले ९ दशलमव ७६ प्रतिशतका दरले कमाएका छन् । स्टर्न हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ६८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend