२०८३, आश्विन २१ गते

images

बजार अनुगमनः सरकारी टोली कालिमाटी पुगेपछि सटर बन्द गरेर व्यवसायी भागाभाग

बजार अनुगमनः सरकारी टोली कालिमाटी पुगेपछि सटर बन्द गरेर व्यवसायी भागाभाग

आइतवार, आश्विन २० २०८१०९:५३
आइतवार, आश्विन २० २०८१०९:५३
  • images

    काठमाडौं । दैनिक बजार अनुगमनको क्रममा कालिमाटी स्थित तरकारी तथा फलफूल बजार पुगेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी व्यवसायीहरुको क्रियाकलापबाट छक्क परेका छन् ।
    आइतबार मन्त्री भण्डारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट बजार अनुगमनमा खटिएका सरकारी टोलिसँगै कालिमाटी पुगेका थिए । तर, मन्त्रीसहित अनुगमनका लागि सरकारी टोलि आएको थाहाँ पाएलगत्तै केहीँ व्यवसायी (व्यापारीहरु) सडर नै बन्द गरेर घर हिडेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । यस्तो दृश्य देख्दा मन्त्री भण्डारी नै छक्क परेको सचिवालयले जनाएको छ ।

    अनुगमनको क्रममा कालिमाटीका फलफूल तथा तरकारी बजारका अधिकांश व्यवसायिहरुले खरिद मूल्यमा अत्याधिक नाफा राखेर सामान बिक्री वितरण गरिरहेको, बिना बिलबिजक कारोबार गरेको, खरिद र बिक्रि बिलहरु अपडेट नगरेको भेटिएको छ । 

    यस्तै, माछा, मासु पसलहरु अनुगमन गर्दा अव्यवस्थित र सरसफाइ नभएको, फ्रिजहरु दुर्गन्धित प्रयोग गरिरहेको भेटिएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । सोही क्रममा मन्त्री भण्डारीले गलत गतिविधि गर्ने केहीँ पसललाई तत्काल सिल गर्न समेत निर्देशन दिएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend