२०८३, आश्विन २० गते

images
  • समाचार
  • आज तीन संसदीय समितिको बैठक, वार्षिक...

आज तीन संसदीय समितिको बैठक, वार्षिक कार्ययोजना र दक्षिणी सीमा सुरक्षासहित महत्वपूर्ण विषयमा छलफल

आज तीन संसदीय समितिको बैठक, वार्षिक कार्ययोजना र दक्षिणी सीमा सुरक्षासहित महत्वपूर्ण विषयमा छलफल

शुक्रवार, श्रावण ८ २०८३०७:५१
शुक्रवार, श्रावण ८ २०८३०७:५१
  • images

    काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । सो समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ ।

    विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ ।

    सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । समितिको बैठक अपराह्न २ः३० मा बस्नेछ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend