२०८३, आश्विन २० गते

images
  • समाचार
  • मधेसमा धान रोपाइँ अन्तिम चरणमा, ७८.५९...

मधेसमा धान रोपाइँ अन्तिम चरणमा, ७८.५९ प्रतिशत खेती सम्पन्न; सिरहा अगाडि, महोत्तरी पछाडि

मधेसमा धान रोपाइँ अन्तिम चरणमा, ७८.५९ प्रतिशत खेती सम्पन्न; सिरहा अगाडि, महोत्तरी पछाडि

शुक्रवार, श्रावण ८ २०८३०९:२३
शुक्रवार, श्रावण ८ २०८३०९:२३
  • images

    काठमाडौँ । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो ।

    मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशकोे तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो । सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ५५ रोपाइँ भएको छ । यस वर्ष पर्याप्त वर्षा भएकाले उत्साहका साथ किसान रोपाइँमा जुटेका छन् । 

    किसानले यस वर्ष उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको व्यवस्थापनमा पनि ध्यान दिएका निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले बताए ।

    यसैबीच, केही स्थानमा सिँचाइ पूर्वाधार र मलको अभाव भएको गुनासो किसानले गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend