२०८३, आश्विन २० गते

images
  • समाचार
  • भोटेकोसीमा बेपत्ता चालकको खोजी तीव्र, गृहमन्त्री...

भोटेकोसीमा बेपत्ता चालकको खोजी तीव्र, गृहमन्त्री गुरुङले गरे घटनास्थल निरीक्षण

भोटेकोसीमा बेपत्ता चालकको खोजी तीव्र, गृहमन्त्री गुरुङले गरे घटनास्थल निरीक्षण

आइतवार, श्रावण १० २०८३०१:२२
आइतवार, श्रावण १० २०८३०१:२२
  • images

    काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसल दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुगेका छन् ।

    प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि १० वटा ड्रोनसहित तीनवटै सुरक्षा निकायका कर्मचारी गोताखोरका साथ चालक कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङको खोजीमा परिचालन भएका छन् ।

    जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ । दुर्घटनास्थल गहिरो खोँच, धमिलो पानी र नदी किनारका विशाल चट्टानले  खोजी तथा उद्धारमा चुनौती  थपेका समितिले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend