२०८३, आश्विन २० गते

images
  • समाचार
  • बजेट कार्यान्वयनमा उद्योगीको सुझाव लिँदै सरकार,...

बजेट कार्यान्वयनमा उद्योगीको सुझाव लिँदै सरकार, आज अर्थमन्त्रीसँग विशेष छलफल

बजेट कार्यान्वयनमा उद्योगीको सुझाव लिँदै सरकार, आज अर्थमन्त्रीसँग विशेष छलफल

मंगलवार, श्रावण १२ २०८३०७:२८
मंगलवार, श्रावण १२ २०८३०७:२८
  • images

    काठमाडौं। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले उत्पादनमूलक उद्योगका अग्रणी उद्योगपतिहरूसँग विशेष छलफल गर्ने भएको छ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आह्वानमा आज अपराह्न ३:०० बजे अर्थ मन्त्रालयमा आयोजना हुने ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ मा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेका झन्डै तीन दर्जन उद्योगपति सहभागी हुनेछन्।

    छलफलमा अर्थमन्त्री डा. वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहनेछ।

    अर्थमन्त्रीको सचिवालयका अनुसार कार्यक्रमको मुख्य उद्देश्य बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने, उत्पादनमूलक उद्योग क्षेत्रका समस्या, चुनौती तथा निजी क्षेत्रका सुझावहरू संकलन गरी नीतिगत सुधारका सम्भावनाबारे छलफल गर्नु हो।

    सरकारले बजेट कार्यान्वयनमा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको अवस्थामा आयोजना हुन लागेको यो छलफललाई उद्योग तथा अर्थतन्त्रसँग सम्बन्धित महत्त्वपूर्ण संवादका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend