काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णय गरेको पाइएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आजको क्याबिनेटले विभिन्न ९ वटा विद्येयक संसदमा पेश गर्नेदेखि समस्याग्रस्त सहकारीको सदस्यमा नियुक्तीको निर्णय गरेको छ ।
यी हुन् सरकारले संघीय संसद्मा पेश गर्न स्वीकृत दिएका विधेयकहरू
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।
खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।
संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।
बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।
आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।
कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।
यस्तै, आजको क्याबिनेटले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा एडराज दाहाल नियुक्त गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोक्ने र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

