२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • स्वास्थ्य सेवामा जिल्लाकै पहिलो पालिका बन्यो...

स्वास्थ्य सेवामा जिल्लाकै पहिलो पालिका बन्यो सल्यानको कपुरकोट

स्वास्थ्य सेवामा जिल्लाकै पहिलो पालिका बन्यो सल्यानको कपुरकोट

मंगलवार, आश्विन २२ २०८१०८:४८
मंगलवार, आश्विन २२ २०८१०८:४८
  • images

    काठमाडौँ । सल्यानको कपुरकोट गाँउपालिका स्वास्थ्य सेवामा जिल्लाकै प्रथम भएको छ । तोकिएका विभिन्न स्वास्थ्य सूचाकाङ्कका मापदण्ड पूरा गरि कपुरकोट जिल्लामै प्रथम भएको हो ।

    स्वास्थ्य सेवा, सुत्केरी सेवा, बाल स्वास्थ्य, पोषण, सरसफाइ र रोग निवारणजस्ता क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाभरका अन्य गाउँपालिकालाई पछि पारेर स्वास्थ्य सूचकाङ्कमा प्रथम स्थान हासिल गरेको जनाईएको छ । 

    kapurcoat samman.jpg

    स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा असोज २० र २१ गते भएको वार्षिक समिक्षा कार्यक्रममा ३४ दशमलव ६ अंक प्राप्त गरि कपुरकोट गाँउपालिका उत्कृष्ट भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिए । 

    उनका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा पालिका स्वास्थ्यतर्फको विभिन्न कार्यक्रमका सूचकाङ्कमा  आधारमा जिल्ला प्रथम भएको हो । 

    कपुरकोट गाउँपालिकाले डिएचआईएस–२ रिपोर्टिङ, ईएलएमआईएस रिपोर्टिङ, राष्ट्रिय खोप कार्यक्रम, पोषण, मातृ सुरक्षा, परिवार नियोजन, क्षयरोग , कुष्टरोग लगायतका सुचाकांकमा कुल ४० अंकमध्य ३४ दशमलव ६ अंक प्राप्त गरेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend