२०८३, आश्विन २० गते

images
  • समाचार
  • सरकारविरुद्ध आन्दोलन घोषणा गरेलगत्तै दुर्गा प्रसाईं...

सरकारविरुद्ध आन्दोलन घोषणा गरेलगत्तै दुर्गा प्रसाईं पक्राउ

सरकारविरुद्ध आन्दोलन घोषणा गरेलगत्तै दुर्गा प्रसाईं पक्राउ

सोमवार, श्रावण १८ २०८३०७:५५
सोमवार, श्रावण १८ २०८३०७:५५
  • images

    काठमाडौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई आइतबार राति जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नियन्त्रणमा लिएको हो।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको हो।

    प्रसाईंले आइतबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलन थप सशक्त बनाउने घोषणा गरेका थिए। सोही घोषणापछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

    प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend