२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • सात हजारमै नेवानीको काठमाडौँ–भैरहवा उडान, एक...

सात हजारमै नेवानीको काठमाडौँ–भैरहवा उडान, एक रातमै सकियो न्यारोवडीको टिकट

सात हजारमै नेवानीको काठमाडौँ–भैरहवा उडान, एक रातमै सकियो न्यारोवडीको टिकट

मंगलवार, आश्विन २२ २०८१११:५४
मंगलवार, आश्विन २२ २०८१११:५४
  • images

    काठमाडौँ । काठमाडौँ–भैरहवा उडानको  टिकट एक रातमै सकिएको छ । नेपाल वायुसेवा निगम (नेवानि) ले फुलपातीको दिन काठमाडौं भैरहवा उडानका लागि भन्दै सोमबार टिकट बुकिङ खुलाएको थियो । 

    सोमबार दिउँसो खुलाएको टिकट एक रातमा सबै टिकट बिक्री भएको निगमले जनाएको हो । निगमले फूलपातीको दिन बिहान ७ हजार रुपैयाँमा काठमाडौंबाट भैरहवा लैजाने ३ हजारमै काठमाडाैँ फर्कने गरी टिकट खुला गरेकाे थियाे । 

    दशैँको समयमा आन्तरिक उडानको माग उच्च भएपछि निगमले फलपातीको दिन उक्त उडान गर्न लागेको हो । अन्य उडानलाई असर नगर्ने गरी एक उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

    उनले फलपातीको दिनका लागि खुला गरिएको बुकिङ अन्तरगत मंगलबार बिहान सबै टिकट बिक्री भएको हो । काठमाडौं भैरहवा रुटमा १५८ सिट नै बिक्री भएको र भैरहवा काठमाडौं रुटका लागि भने टिकट बाँकी रहेको उनले जानकारी दिए ।

    फूलपातीको दिन नेवानिले १८५ सिटे न्यारोबडी जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडन गर्न लागेको छ । माग उच्च भए पनि नेवानिले एउटा मात्र उडान राखेको छ । जहाज अभावले थप उडान राख्न नसकेको नेवानिका अधिकृतहरुको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend