२०८३, श्रावण २५ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ७ निर्णयः नियुक्तीदेखि घाइतेको...

मन्त्रिपरिषद् बैठकका ७ निर्णयः नियुक्तीदेखि घाइतेको उपचार र राहतको व्यवस्थासम्म

मन्त्रिपरिषद् बैठकका ७ निर्णयः नियुक्तीदेखि घाइतेको उपचार र राहतको व्यवस्थासम्म

images
बुधवार, श्रावण २० २०८३०१:३९
बुधवार, श्रावण २० २०८३०१:३९
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित रहेर ७ वटा निर्णय गरेको पाइएको छ । 

    सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले आजको क्याबिनेटले विभिन्न मन्त्रालयका ७ वटा निर्णय गरेको जानकारी दिए । 

    उनका अनुसार आजको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा काठमाडौंका याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुसार नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्ने तथा उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ।

    त्यस्तै, कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरिएको छ।

    महिला मन्त्रालयको प्रस्तावअनुसार बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।

    शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा पर्वतका प्रा. डा. खड्कबहादुर केसी तथा सचिवमा भोजपुरका प्रा. डा. रोजेश श्रेष्ठ नियुक्त भएका छन्।

    मन्त्रिपरिषद्ले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend