काठमाडौं । मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक २७.२९ अंकले घटेर २६६३.३२ को बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५ सय २ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २ सय ४४ रुपैयाँ ३४ पैसाको कारोबार भएको छ। जस मध्ये एनएलजी इन्स्योरेन्सको सर्वाधिक २७ करोड १७ लाखको कारोबार भएको छ भने नेपाल फाइनान्सको २३ करोड ९७ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये मिड सोलु हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। कारोबारको अन्तिम मिनेटमा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । त्यस्तै आज बुटवल पावर कम्पनीको शेयर मूल्य ६.८३ प्रतिशत तथा मान्डु हाइड्रोको शेयर मूल्य ६.३१ प्रतिशत बढेको छ।
आज इस्टर्न हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.५० प्रतिशतले घटेको छ भने बुद्धभूमि नेपाल हाइड्रोको शेयर मूल्य ७.२४ प्रतिशत घटेको छ। त्यस्तै नेपाल फाइनान्सको शेयर मूल्य ६.९८ प्रतिशत घटेको छ।
आज कारोबारमा आएका मध्ये म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक २.७६ प्रतिशत घटेको छ । आज म्युचुअल फण्ड समूह भने स्थिर छ।

