२०८३, आश्विन २१ गते

images

दशैंको लागि बढाइयो वालेटमा रकम जम्मा गर्ने सीमा

दशैंको लागि बढाइयो वालेटमा रकम जम्मा गर्ने सीमा

मंगलवार, आश्विन २२ २०८१०३:३४
मंगलवार, आश्विन २२ २०८१०३:३४
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको लागि वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज एकीकृत निर्देशन जारी गर्दै सीमा बढाएको जनाएको हो ।

    यस अघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा अब प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरीएको विभागले जनाएको छ । विभागका अनुसार यो नियम मिति २०८१/०६/२१ देखि मिति २०८१/०७/०१ गते कोजाग्रत पूर्णिमाको दिनसम्म र शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा मिति २०८१/०७/१५ देखि मिति २०८१/०७/२२ गते सम्मका लागि लागु हुनेछ ।

    निर्देशनमा भनिएको छ ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको अ. प्रा. निर्देशन नं. ५/०८० को बुँदा नं. ३(२) मा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा बडा दशैंको शुभ अवसरमा मिति २०८१/०६/२१ देखि मिति २०८१/०७/०१ गते कोजाग्रत पूर्णिमाको दिनसम्म र शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा मिति २०८१/०७/१५ देखि मिति २०८१/०७/२२ गते सम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरी उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम यस विभागलाई जानकारी गराउन हुन समेत यो परिपत्र जारी गरिएको छ ।’

    1_page-0001.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend