२०८३, श्रावण २५ गते

images
  • समाचार
  • काठमाडौंका यी क्षेत्रमा आज र भोलि...

काठमाडौंका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, यस्तो छ समय र प्रभावित क्षेत्र

काठमाडौंका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, यस्तो छ समय र प्रभावित क्षेत्र

images
शनिवार, श्रावण २३ २०८३११:३५
शनिवार, श्रावण २३ २०८३११:३५
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भूमिगत केबल जडान तथा फिडर मर्मतसम्भारका लागि काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

    प्राधिकरणको रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा आवश्यक मर्मत तथा भूमिगत केबल जडानको काम गर्न विद्युत् आपूर्ति पालैपालो बन्द गर्न लागिएको हो।

    प्राधिकरणका अनुसार आज शनिबार (साउन २३ गते) भीमसेनस्थान फिडरअन्तर्गतका टेकु, १२ नम्बर वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ नम्बर वडा कार्यालय, १२ वर्षे इनार, पलाञ्चोक भगवती तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।

    त्यस्तै, डिल्लीबजार फिडरअन्तर्गत कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

    यसैगरी, भोलि आइतबार (साउन २४ गते) लाजिम्पाट फिडरअन्तर्गतका लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्‍याडिसन होटल, लाजिम्पाट मूल सडक तथा आसपासका क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

    प्राधिकरणले तोकिएको समयअघि नै काम सम्पन्न भएमा विद्युत् आपूर्ति निर्धारित समयभन्दा अगावै सुचारु गरिने जनाएको छ।

    मर्मत तथा केबल जडानका क्रममा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै काम सम्पन्न गर्न सहयोग गरिदिन आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend