२०८३, श्रावण २५ गते

images
  • समाचार
  • एभरेष्ट बैंकको सीएसआर : उपचारदेखी...

एभरेष्ट बैंकको सीएसआर : उपचारदेखी पढाइ र भविष्य निर्माणसम्म

एभरेष्ट बैंकको सीएसआर : उपचारदेखी पढाइ र भविष्य निर्माणसम्म

images
सोमवार, श्रावण २५ २०८३१०:३९
सोमवार, श्रावण २५ २०८३१०:३९
  • काठमाडौँ । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा मानवीय सहयोगका क्षेत्रमा उल्लेखनीय रकम खर्च गरेको छ ।

    बैंकको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक सीएसआर प्रतिवेदनअनुसार वर्षभरि विभिन्न सामाजिक क्षेत्रमा ४ करोड ५६ लाख रुपैयाँभन्दा बढी खर्च भएको देखिन्छ । बैंकले सामाजिक उत्तरदायित्वलाई केवल औपचारिकतामा सीमित नगरी शिक्षा र स्वास्थ्यजस्ता प्रत्यक्ष जनजीवनसँग जोडिएका क्षेत्रमा सहयोग केन्द्रित गरेको प्रतिवेदनले देखाएको छ । 

    बर्न अस्पतालमा ३ लाखसम्मको निशुल्क उपचार

    चौथो त्रैमासिकसम्मको विवरण हेर्दा एभरेस्ट बैंकले सीएसआर अन्तर्गत शिक्षा, स्वास्थ्य र वित्तीय साक्षरतालाई मुख्य प्राथमिकता दिएको देखिन्छ । जसमा पनि बैंकले जलन उपचारमा गरेको सहयोग उल्लेख्य रहेको पाइएको छ । 

    काठमाडौँको कीर्तिपुरमा सञ्चालित बन अस्पतालमा बैंकले प्रत्येक बिरामीका लागि ३ लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्ने गरेको छ । बैंकले सीएसआरर कार्यक्रम अन्तरगत देशभरका बिरामी आउने बर्न अस्पतालमा उपचाररत प्रत्येक बिरामीका लागि ३ लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्दै आएको छ । अस्पतालमा उपचार गर्न आउने विपन्न वर्गले उक्त सहयोग पाउने बैंकले जनाएको छ । जसका लागि बैंकले प्रत्येक आर्थिक वर्षमा १ करोड रुपैयाँ छुट्टाएको छ । 

    3-kirtipur-burn-hospital.jpg-scaled.jpeg

    बैंकको सीएसआर कोषमा अघिल्लो आर्थिक वर्षसम्म बाँकी रहेको रकम र पछिल्लो आर्थिक वर्षको मुनाफाबाट थप भएको रकमसहित कुल खर्चयोग्य रकम करिब ७ करोड ६२ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

    त्यसमध्ये आर्थिक वर्ष २०८२÷८३ मा करिब ४ करोड ५६ लाख रुपैयाँ खर्च भएको छ । बाँकी रकम आगामी सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा उपयोग गर्न सकिने अवस्थामा रहेको प्रतिवेदनले देखाउँछ ।

    यसरी हेर्दा एभरेस्ट बैंकको सीएसआर कार्यक्रम बैंकिङ सेवाको दायराभन्दा बाहिर पुगेर कुनै विद्यार्थीको पढाइ निरन्तर राख्ने, कुनै बिरामीको उपचारमा सहारा बन्ने, कुनै विद्यालयमा स्वच्छ पानी पु¥याउने र कुनै परिवारलाई राहत दिने प्रयाससँग जोडिएको देखिन्छ ।

    बैंकको सामाजिक उत्तरदायित्वको वास्तविक अर्थ रकम खर्च गर्नु मात्र होइन, त्यसले समाजमा कति सकारात्मक परिवर्तन ल्यायो भन्ने हो—एभरेस्ट बैंकको आर्थिक वर्ष २०८२/८३ को सीएसआर गतिविधिले यही पक्षलाई उजागर गरेको छ ।

    आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति, विद्यालय पोसाक, शैक्षिक सामग्री, डेस्क–बेन्च, कम्प्युटर, खानेपानी तथा शौचालय निर्माणलगायतका काममा बैंकले सहयोग गरेको छ ।

    चौथो त्रैमासिकमा मात्रै विभिन्न प्रदेशका सामुदायिक तथा सार्वजनिक विद्यालयमा छात्रवृत्ति वितरण, डेस्क–बेन्च उपलब्ध गराउने, खानेपानी शुद्धीकरण प्लान्ट जडान, कम्प्युटर तथा शैक्षिक सामग्री वितरणलगायतका कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    बैंकले विपन्न वर्गका विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै ‘मिसन जिरो ड्रपआउट’ र ‘सहयात्री’ जस्ता कार्यक्रममार्फत पनि सहयोग गरेको छ । कतिपय विद्यार्थीलाई छात्रवृत्ति, खाना तथा आवासीय सुविधामा समेत सहयोग गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    विद्यालयको भौतिक पूर्वाधारमा लगानी

    एभरेस्ट बैंकको सीएसआर कार्यक्रम शिक्षा सामग्री वितरणमा मात्रै सीमित छैन । सामुदायिक तथा सार्वजनिक विद्यालयमा भवन निर्माण, शौचालय निर्माण, खानेपानी सुविधा, पानी शुद्धीकरण प्लान्ट, प्रवेशद्वार, डेस्क–बेन्च तथा अन्य भौतिक संरचना निर्माणमा समेत बैंकले सहयोग गरेको छ ।

    6-Ladies-Circle-nepal.jpg-scaled.jpeg

    गण्डकी प्रदेशमा विद्यालय भवन निर्माण, मधेश प्रदेशमा शौचालय निर्माण तथा खानेपानी शुद्धीकरण प्लान्ट जडान लगायतमा समेत बैंकले सीएसआर मार्फत खर्च गरेको छ । 

    त्यस्तै, सामुदायिक क्याम्पसको परिसरमा १२ वटा कंक्रिट बेन्च जडानदेखि विभिन्न विद्यालयमा झोला, पोसाक, खेलकुद सामग्री तथा अन्य आवश्यक सामग्री वितरणसम्मका कार्यक्रम बैंकले गरेको छ ।

    बैंकको सीएसआर अन्तर्गत बैंकको अर्को महत्वपूर्ण प्राथमिकता स्वास्थ्य सेवा बनेको छ । बैंकले आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया तथा उपचारका लागि सहयोग गरेको छ । विभिन्न प्रदेशमा सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत धेरै बिरामीले उपचार सेवा पाएका छन् ।

    प्रतिवेदनअनुसार लुम्बिनी, कोशी तथा सुदूरपश्चिमा मोतियाबिन्दु भएका विपन्न बिरामीको निःशुल्क शल्यक्रिया तथा उपचारका लागि ठूलो रकम खर्च गरेको छ । 

    त्यस्तै, विभिन्न प्रदेशमा विपन्न तथा जलनका बिरामीको उपचार खर्चमा सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मुटुसम्बन्धी रोग भएका नाबालकको निःशुल्क उपचारमा समेत सहयोग गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    वित्तीय साक्षरतामा देशव्यापी अभियान

    एभरेस्ट बैंकले सीएसआरलाई आर्थिक सहयोगमा मात्रै सीमित नगरी वित्तीय साक्षरता अभिवृद्धिलाई समेत प्राथमिकतामा राखेको छ ।

    बैंकले विभिन्न समुदाय, विद्यालय तथा संस्थामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । Financial Stimulation Module मार्फत सामुदायिक विद्यालयमा वित्तीय साक्षरता प्रदान गर्नुका साथै नेपाल बैंकर्स इन्स्टिच्युटसँगको सहकार्यमा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    Bittya saxyarata.jpeg

    ‘एडप्ट स्कुल’ पहलअन्तर्गत पनि सामुदायिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । काठमाडौं विश्वविद्यालयका विद्यार्थीमार्फत सार्वजनिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम, सार्वजनिक पुस्तकालयमा वित्तीय साक्षरतासम्बन्धी पुस्तक वितरण तथा डिजिटल वित्तीय कारोबारबारे जनचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भएका छन् ।

    डिजिटल कारोबारमा सचेतना

    डिजिटल बैंकिङ र डिजिटल वित्तीय कारोबार बढ्दै जाँदा त्यससँग जोडिएका जोखिमबारे नागरिकलाई सचेत गराउन पनि बैंकले अभियान सञ्चालन गरेको छ ।

    डिजिटल वित्तीय कारोबारसम्बन्धी सचेतनामूलक भिडियो सामग्री निर्माण, सीमा क्षेत्रमा होर्डिङ बोर्डमार्फत जनचेतना अभिवृद्धि तथा सीआइबी म्यागेजिन मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    महिलालाई सीप, विपन्न परिवारलाई राहत

    मानवीय सहयोग तथा राहततर्फ पनि बैंकले कार्यक्रम सञ्चालन गरेको छ । कोशी प्रदेशमा आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ ।

    त्यसैगरी, ‘माउन्टेन इज हियर टु’ कार्यक्रमअन्तर्गत विपन्न तथा गरिब वर्गका महिलालाई सीपमूलक तालिम प्रदान गरिएको छ। यसले तत्काल राहतसँगै महिलालाई आयआर्जनतर्फ जोड्ने प्रयासका रूपमा सीएसआर कार्यक्रमलाई अघि बढाएको देखिन्छ।

    अघिल्लो त्रैमासिकदेखि निरन्तर सामाजिक लगानी

    एभरेस्ट बैंकको सीएसआर गतिविधि आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै केन्द्रित भएको होइन । पहिलो त्रैमासिकदेखि नै शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा अन्य सामाजिक क्षेत्रमा कार्यक्रम सञ्चालन हुँदै आएका थिए।

    पहिलो त्रैमासिकमा कर्णालीको दुल्लु नगरपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित प्रयोगशाला निर्माणका लागि करिब १३ लाख ७६ हजार रुपैयाँ सहयोग गरिएको थियो । त्यस्तै, मधेशमा विपन्न बिरामीका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

    दोस्रो त्रैमासिकमा बागमतीको शिखर गाउँपालिकामा सामुदायिक विद्यालयमा शौचालय निर्माणका लागि ३ लाख रुपैयाँ तथा कर्णालीको दुल्लुमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित प्रयोगशाला निर्माणका लागि करिब १३ लाख ७६ हजार रुपैयाँ सहयोग गरिएको थियो ।

    त्यस्तै, तेस्रो त्रैमासिकमा दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति तथा ब्रेल सामग्री, विद्यालयमा खानेपानी शुद्धीकरण प्लान्ट, डेस्क–बेन्च र विद्यालय पोसाकलगायतका सहयोग विस्तार गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend