२०८३, आश्विन २० गते

images
  • समाचार
  • पाटन सबस्टेशनको ६६ केभी बसबार मर्मत,...

पाटन सबस्टेशनको ६६ केभी बसबार मर्मत, शुक्रबार ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् अवरुद्ध हुने

पाटन सबस्टेशनको ६६ केभी बसबार मर्मत, शुक्रबार ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् अवरुद्ध हुने

बिहिवार, श्रावण २८ २०८३११:५२
बिहिवार, श्रावण २८ २०८३११:५२
  • images

    काठमाडौं । पाटन सबस्टेशनको ६६ के.भी. बसबारको मर्मतसम्भार कार्य गर्नुपर्ने भएकाले भोलि भाद्र २९ गते बिहान ललितपुरका अधिकांश क्षेत्रमा करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार मर्मतसम्भार कार्यका लागि भोलि बिहान ५:०० बजेदेखि ७:०० बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरी सटडाउन लिन लागिएको हो।

    सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ। मर्मतसम्भार कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिनेछ।

    प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend