२०८३, आश्विन २० गते

images
  • समाचार
  • र्‍याडिसन होटलमा छापा : लुकाएर राखिएका...

र्‍याडिसन होटलमा छापा : लुकाएर राखिएका १८४ ग्यास सिलिन्डर फेला, कारबाहीको तयारी

र्‍याडिसन होटलमा छापा : लुकाएर राखिएका १८४ ग्यास सिलिन्डर फेला, कारबाहीको तयारी

बिहिवार, श्रावण २८ २०८३०३:४७
बिहिवार, श्रावण २८ २०८३०३:४७
  • images

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित र्‍याडिसन होटलमा छापा मारेको छ ।

    आज होटलमा छापा मार्दा ठूलो परिमाणमा ग्यास लुकाएर राखेको भेटिएको छ । विभागका अनुसार होटलमा मात्रै करिब १८४ वटा ग्यास सिलिन्डर फेला परेका छन् ।

    पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यवसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको छ ।

    सोही क्रममा गरिएको अनुगमनका क्रममा र्‍याडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर ठूलो संख्यामा भेटिएका हुन् । विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा फुल सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन् ।

    त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ ।

    उपभोक्ताका लागि बजारमा ग्यासको अभाव देखिएका बेला होटलले ठूलो परिमाणमा ग्यास मौज्दात राखेको पाइएपछि सम्बन्धित होटलमाथि कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले बजारमा पर्याप्त ग्यास हुँदा हुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल, व्यवसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथि निगरानीलाई थप कडाइ गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend