काठमाडौँ । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा परेको छ ।
पत्रकार श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । उक्त रिटमा आजका लागि पेशी तोकिएको हो । रिटमा श्रेष्ठलाई थुनामुक्त गर्न माग गरिएको छ ।
काठमाडौं जिल्ला अदालतले बिहीबार श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

