२०८३, आश्विन १९ गते

images
  • अटो
  • सकियो नाइमा अटो शोः ६ दिनमा...

सकियो नाइमा अटो शोः ६ दिनमा झन्डै २ लाखले गरे अवलोकन, ३७ सय सवारीसाधन बुकिङ

सकियो नाइमा अटो शोः ६ दिनमा झन्डै २ लाखले गरे अवलोकन, ३७ सय सवारीसाधन बुकिङ

आइतवार, श्रावण ३१ २०८३०९:०२
आइतवार, श्रावण ३१ २०८३०९:०२
  • images

    काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ समापन भएको छ। साउन २६ गतेबाट सुरु भएको एक्स्पो आज समापन भएको हो।

    नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाइमा नेपाल मोबिलिटी एक्स्पो अत्यन्तै सफल र उत्साहजनक भएको बताइन्। उनका अनुसार अघिल्लो संस्करणमा करिब १ लाख दर्शकले मेला अवलोकन गरेकोमा यस पटक झण्डै दुई लाखको संख्यामा पुगेको हो।

    एक्स्पो अवधिभर एक लाख ८० हजार हाराहारीमा दर्शक पुगेको उनले बताइन्। प्रदर्शनीमा सवारीसाधनप्रति उपभोक्ताको चासो तथा बुकिङ गर्ने क्रमले बजारप्रतिको सकारात्मक मनोविज्ञानलाई प्रतिबिम्बित गरेको उनको भनाइ थियो।

    अध्यक्ष वैद्यले नाइमाले विभिन्न सम्बन्धित संस्थाहरूसँग सहकार्य गर्दै नीति निर्माणका क्षेत्रमा समेत योगदान गर्दै आएको बताइन्। आगामी दिनमा यस्ता गतिविधिलाई थप सुदृढ गर्दै अटो क्षेत्रको विकास र विस्तारमा संस्थागत रूपमा योगदान गर्ने उनको भनाइ छ।

    ५ सवारी बुकिङ

    ६ दिनसम्म चलेको एक्स्पोमा करिब ३५ सय गाडी र करिब २ हजार दुई पाङ्ग्रे सवारीसाधन बुकिङ भएको व्यवसायीले बताएका छन्।

    नाइमा एक्स्पोमा ५५ ब्रान्डका ४४ मोडल लञ्च भएका थिए । नाइमाले नयाँ ब्रान्डसँगै नयाँ मोडल सार्वजनिक भएको जनाएको छ।व्यवसायीका अनुसार नाइमा एक्स्पोमा सबैभन्दा बढी बुकिङ गर्नेमा चार पाङ्ग्रे सवारीसाधनमा बीवाईडी रहेको छ। यो एक्स्पोमा बीवाईडीको गाडी मात्रै एक हजार युनिट बुकिङ भएको साइमेक्स इंकले जनाएको छ।

    यस्तै, एक्स्पोमा चेरी गाडी ७००, महिन्द्रा १००, हुन्डाई १५०, लिपमोटर २०० बुकिङ भएका छन्। यसैगरी, म्याक्सस ३४, निसान २१, टेकटोन १४, आईकार ५०, ओजे ५०, टोयोटा ४६, र्याभ ४, किया ७०, महिन्द्रा १०० होन्ग्छी ५५ वटा गाडीहरू बुकिङ भएको जनाएको छ। एक्स्पोमा टाटाको ७०० युनिट, वुलिङ ४५०, एमजीको ३२९, प्रोटोन १००, ग्रेटवाल मोटर्स २०५ युनिट बुकिङ भएका छन्। 

    एक्स्पोमा दुई पाङ्ग्रेमा एथर, ट्राइम्फ, रोयल इन्फिल्ड, याडिया, सी एक्सको सबैभन्दा धेरै बुकिङ भएका छन्। एक्स्पोमा सबैभन्दा धेरै एथर ४०० युनिट  बुकिङ भएको छ। सीएक्स मोटोका २०० युनिट बढी मोटरसाइकल बुकिङ भएका छन्। नेपालमा लागि सीएफमोटोको आधिकारिक बिक्रेता बाइकर्स नेपालले नाइमामा २०२६ को वल्र्ड सुपर बाइक रेसिङ च्याम्पियनसिप जित्ने पहिलो चिनियाँ मोटरसाइकल जेडएक्स मोटो ८०० आरआर लन्च गरेको थियो।

    यस्तै, याडिका १४५ युनिट बुकिङ भएको छ। बुकिङ भएकामध्ये ४५ युनिट डेलिभरी गरिसकिएको नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले जनाएको छ। ट्रायम्फका मोटरसाइकल पनि १०० युनिट बढी बुकिङ भएका छन्। हंसराज हुलासचन्द एण्ड कम्पनीले नाइमा एक्स्पोमा ट्रायम्फको सबैभन्दा सस्तो नयाँ मोटरसाइकल ‘ट्रायम्फ स्पीड टी ४’ लन्च गरेको थियो।

    जेडएक्स मोटो ८२० आरआर ५ युनिट, जेडएक्स ५०० मोडल २० युनिट र अन्यसबै मोडल गरि ५०बढी बुकिङ भएको बाइकर्स नेपालले जनाएको छ। त्यस्तै, सीएफमोटो १०८, सुजुकीको ५०, भोल्टसको २५, मोर्बिडेली ४५, रोयल इनफिल्ड १००, केटीएमको ६० युनिट मोटरसाइकल बुकिङ भएको बिक्रेता कम्पनीहरूले जनाएका छन्।

    नाइमा एक्स्पो संयोजक गौरव सारडाले अटो शोमा ३० देखि ३५ लाखका गाडीमा बढी आकर्षण रहेको बताए। उनले इन्ट्री लेभलका गाडीको आकर्षणले अटो शोमा गाडी खरिद गर्ने नयाँ ग्राहक थपिएको बताए। उनले अटो एक्स्पोमा उत्साहजनक उपस्थिति रहेको उल्लेख गरे।

    त्यस्तै, लक्ष्मी ग्रुपका निर्देशक तथा नाइमा बोर्ड सदस्य निराकर श्रेष्ठले एक्स्पोमा बुकिङ उत्साहित भए पनि एकै व्यक्तिले ३ वटा मोडल बुक गरिरहेको बताए। उनले अन्तिम दिनसम्म अवलोकनकर्ता उत्साहित रूपमा सहभागी भएको बताएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend