२०८३, आश्विन २० गते

images
  • समाचार
  • मकवानपुरमा स्कारपियो दुर्घटना : न्यायाधीश डाँगीसहित...

मकवानपुरमा स्कारपियो दुर्घटना : न्यायाधीश डाँगीसहित ६ घाइते, ४ जना काठमाडौं ल्याइयो

मकवानपुरमा स्कारपियो दुर्घटना : न्यायाधीश डाँगीसहित ६ घाइते, ४ जना काठमाडौं ल्याइयो

मंगलवार, भाद्र २ २०८३११:१८
मंगलवार, भाद्र २ २०८३११:१८
  • images

    काठमाडौँ । स्कारपियो दुर्घटना घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित ४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

    उनीहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन ९स्कारपियो० दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

    काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।

    घाइते हुनेमा उनका अनुसार भीमफेदी–६, जुरिखेलमा बिहान स्कारपियो दुर्घटनामा न्यायाधीश तुलसीपुर–९ का ५७ वर्षीय डाँगीसहित चालक दाङ राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी, बैतडी दशरथचन्द–७ का ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु रहेका छन् ।

    घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको जनाइएको छ । अन्य घाइतेको अवस्था मध्यम रहेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

    गाडीमा दुई जना महिला र चार जना पुरुष गरी छ जना रहेको जनाइएको छ । घाइतेलाई उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ । दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएक छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend