२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • दशैँमा पनि खुल्लै छ राप्ती नगरपालिका,...

दशैँमा पनि खुल्लै छ राप्ती नगरपालिका, के के पाइन्छ सेवा ?

दशैँमा पनि खुल्लै छ राप्ती नगरपालिका, के के पाइन्छ सेवा ?

शुक्रवार, आश्विन २५ २०८१०८:२९
शुक्रवार, आश्विन २५ २०८१०८:२९
  • images

    काठमाडौँ । दशैँको बिदाको समयमा पनि चितवनको राप्ती नगरपालिका खुुल्लै हुनेभएको छ । पालिकाले दशैँको बिदाको समयमा सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै पालिका खुला गरिएको जनाएको हो । 

    बिदाको समयमा बिहान ११ बजेदेखि २ बजेसम्म पालिकाले वितरण गर्ने क्यान्सर रोगका बिरामी र विपन्न नागरिकको उपचारको लागि निवेदन वितरण हुनेछ । जसका लागि बिरामीले अस्पतालबाट चिकित्सकले रोग प्रमाणित गरेको पुर्जा सहित पालिकामा निवेदन दिनुपर्नेछ । 

    suchana1.jpeg

    खुल्लै छ निशुल्क एम्वुलेन्स सेवा

    पालिकाको सेवा प्रवाह सँगै दशैँको बिदाको समयमा पनि २४ सै घण्टा निःशुल्क एम्वुलेन्स सेवा खुला रहेको छ । 

    पालिकाले जारी गरेको सूचना अनुसार स्वास्थ्य सेवाका लागि भण्डारा अस्पतालको आकस्मिक कक्षा २४ सै घण्टा खुला रहेको छ भने पालिकाले दिदैँ आएको निःशुल्क एम्वुलेन्स सेवा समेत सुचारु छन् । 

    suchana.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend