२०८३, आश्विन २० गते

images
  • समाचार
  • मायादेवीमा १२ करोड लगानीमा ‘भारद्वाज तेल...

मायादेवीमा १२ करोड लगानीमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन, ८० जनालाई रोजगारी

मायादेवीमा १२ करोड लगानीमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन, ८० जनालाई रोजगारी

सोमवार, भाद्र ८ २०८३१२:१०
सोमवार, भाद्र ८ २०८३१२:१०
  • images

    काठमाडौँ । मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ । 

    स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो ।

    प्रबन्धक ओमशङ्कर उपाध्यायले ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ । राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको उनले दाबी गरे ।  

    उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ । “मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,” उनले भने। उद्योगले हाल प्रतिलिटर ३६५ मा तेल बिक्री गरिरहेको छ । 

    मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग स्थापनाबाट स्थानीयले रोजगारी पाएको बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend