२०८३, आश्विन २० गते

images
  • समाचार
  • पर्यटन विधेयकमा सरोकारवालाको सुझाव : आरोहीको...

पर्यटन विधेयकमा सरोकारवालाको सुझाव : आरोहीको बीमा गरौँ, ‘फेक रेस्क्यु’ रोकौँ

पर्यटन विधेयकमा सरोकारवालाको सुझाव : आरोहीको बीमा गरौँ, ‘फेक रेस्क्यु’ रोकौँ

सोमवार, भाद्र ८ २०८३०५:२१
सोमवार, भाद्र ८ २०८३०५:२१
  • images

    काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव पर्यटन क्षेत्रमा सरोकार भएकाहरूले दिएका छन् । 

    ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरूले पर्यटन क्षेत्रको समग्र विकासमा जोड दिएका हुन् । 

    नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर्गेल्जे शेर्पाले सङ्घमा दुई हजार २६० जना आरोही, मजदुर तथा पर्यटन प्रवद्र्धनमा संलग्न व्यक्ति आबद्ध रहेका जानकारी दिँदै पर्यटन क्षेत्रका  सबै समस्या सम्बोधन हुनुपर्नेमा जोड दिए ।

    ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष सागर पाण्डेले  वार्षिक तीन लाखभन्दा बढी पर्यटक पदयात्रामा जाने गरेका तथा त्यसमा तीन लाखभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाएका  बताए । उनले पदयात्रा क्षेत्रलाई  ध्यानमा राखेर कानुन निर्माण गर्न सुझाव दिए ।

    सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोहीको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए । उनले आरोही कोष स्थापना हुनुपर्ने बताए । 

    हिमालयन उद्धार सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले ‘फेक रेस्क्यु’अन्त्य गर्न कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

    नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, एक्सपिडिसन अपरेटरर्स एसोसिएसन नेपाललगायत पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाका प्रतिनिधिले विधेयकमाथि सुझाव दिएका थिए । 

    बैठक समितिका सभापति सुम्निमा उदासको सभापतित्वमा  भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend