काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बहुप्रतीक्षित टाटा सिएरा ईभी नेपालमा सार्वजनिक गरेको छ। नाडा अटो शोको अवसरमा कम्पनीले सिएरा ईभी सार्वजनिक गरेको हो।
सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याकको विकल्प उपलब्ध छ। कम्पनीका अनुसार ६३ किलोवाट आवर ब्याट्रीले एकपटक फुल चार्जमा ५३५ किलोमिटर र ७५ किलोवाट आवर ब्याट्रीले ६६५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।
फास्ट चार्जिङ प्रविधिमार्फत १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ। अझ आकर्षक पक्षका रूपमा कम्पनीले ब्याट्रीमा लाइफटाइम वारेन्टी उपलब्ध गराएको जनाएको छ।
आकर्षक डिजाइन र प्रिमियम फिचर
टाटा सिएरा ईभीको बाहिरी डिजाइनलाई आधुनिक र आकर्षक बनाइएको छ। यसमा अगाडि तथा पछाडि एलईडी हेडलाइट र टेललाइटसँगै कनेक्टिङ एलईडी बार राखिएको छ। गाडीमा १९ इन्चको अलोय ह्विल पनि उपलब्ध छ।
इन्टेरियरमा लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड फिचर, हाइपर हेड्स–अप डिस्प्ले र वायरलेस मोबाइल चार्जरजस्ता सुविधा छन्। म्युजिकका लागि १२ स्पिकरयुक्त जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस प्रविधि दिइएको छ।
५.८ सेकेन्डमै १०० किमी प्रतिघण्टाको गति
सुरक्षाका लागि सिएरा ईभीमा ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड र लेभल–२ एडीएएस लगायतका फिचर उपलब्ध छन्।
गाडीमा बुस्ट मोड र रिल्याक्स मोडसहित ६ वटा ड्राइभिङ मोड दिइएको छ। फोर ह्विल ड्राइभ ९ब्ध्म्० भेरिएन्टले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। यो भेरिएन्टले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमै हासिल गर्न सक्छ।
सिएरा ईभीमा फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सन प्रयोग गरिएको छ। यसमा ६२२ लिटरको पछाडिको बुट स्पेस र ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेजसमेत उपलब्ध छ।
कम्पनीले नेपालमा सिएरा ईभीको मूल्य भने सार्वजनिक गरेको छैन। नाडा अटो शोमा टाटाले यसअघि सार्वजनिक गरिसकेको पन्च ईभी, टियागो ईभी र नेक्सन ईभी समेत प्रदर्शनीमा राखेको छ।

