२०८३, आश्विन २० गते

images

साफ महिला च्याम्पियनसिप आजबाट

साफ महिला च्याम्पियनसिप आजबाट

बिहिवार, कार्तिक १ २०८११०:४०
बिहिवार, कार्तिक १ २०८११०:४०
  • images

    काठमाडौं । साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण बिहीबार (आज)बाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्। 

    समूह ए मा रहेका यी दुई टोलीबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। समूह ए मा भारत र पाकिस्तानसँगै बंगलादेश पनि रहेको छ। 

    समूह बि मा रहेको नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार साँझ भुटानसँग प्रतिस्पर्धा गर्दैछ। सन् २०१९ र सन् २०२२ मा पनि नेपालमै साफ महिला च्याम्पियनसीप आयोजना गरिएको थियो। 

    सन् २०१९ मा विराटनगरमा र सन् २०२२ मा काठमाडौंमा प्रतियोगिता भएका थिए। प्रतियोगितामा भारत, नेपाल र बंगलादेश गरी यी तीन टिमलाई उपाधिको दाबेदार मानिएको छ।

    सातौँ संस्करणसम्म आइपुग्दा भारतलले पहिलोदेखि ५ औँ सम्म लगातार उपाधि जितेको थियो भने पछिल्लो संस्करण बंगलादेशले जितेको थियो।  भारतले चार पटक नेपाललाई र एक पटक बंगलादेशलाई फाइनलमा हराएको थियो। यस्तै बंगलादेशले भने नेपाललाई हराएर उपाधि जितेको थियो। 
    दक्षिण एसियामा सर्वाधिक सफल टिम भारत देखिएको छ भने नेपाललाई अभागी टिमका रुपमा हेरिएको छ। 

    ५ पटक फाइनलमा पुगेर पनि नेपालले उपाधि जित्न सकेको छैन। सन् २०१० को पहिलो संस्करण, २०१२ को दोस्रो , २०१४ को तेस्रो , २०१९ को ५ औँ  र २०२२ को छैटौँ संस्करणमा फाइनलसम्म पुगेको नेपाल सन् २०१६ को चौथो संस्करणमा सेमिफाइलमै रोकिएको थियो।

    यसपाली समूह बि मा श्रीलंका, माल्दिभ्स र भुटानसँगै रहेको नेपालले सहज प्रतिद्वन्दी पाएकाले सेमिफाइनलसम्मको यात्रा सहज हुने अनुमान गरिएको छ। 

     

    पाकिस्तानका मुख्य प्रशिक्षक खदिल रिज्कीले भारतसँगको खेल दबाबमा भन्दा इन्जोए गरेर खेल्ने बताए। 'खेलमा हार जित भइहाल्छ, पहिले भन्दा टिम पनि राम्रो भएको छ त्यहि पनि हामी राम्रो खेल दिनेछौँ ', उनले भने। 

    कप्तान मारिया खानले साफ च्याम्पियनसिप खेल्न उत्सहित रहेको बताइन्। ‘निलम्बनपछि हामीले दुई वर्षअघि छैटौं साफ खेलेका थियौं। त्यत्तिबेला राम्रो गर्न नसके पनि यसपटक टिमको मनोबल उच्च रहेको र टिम पनि राम्रो रहेको छ , मारियाले भनिन्। 

    सहभागी ७ राष्ट्रमा पाकिस्तानका लागी यो संस्करण उसको सहभागीताको पाँचौ हो। सुरुवाती ३ संस्करण लगातार खेलेको पाकिस्तानले  सन् २०१६ र २०१९ मा साफ च्याम्पियनसिप खेल्न पाएको थिएन।  २०१० मा पाकिस्तान सेमिफाइनलसम्म पुगेको थियो। 

    नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ प्रतियोगिताको तयारी थोरै समय भए पनि आफूहरुले सक्दो राम्रो नतिजा पस्किनेमा विश्वस्त छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend