२०८३, आश्विन १९ गते

images

भूकम्पबाट लोमान्थाङमा दुई संरचनामा क्षति

भूकम्पबाट लोमान्थाङमा दुई संरचनामा क्षति

बुधवार, भाद्र २४ २०८३०३:१८
बुधवार, भाद्र २४ २०८३०३:१८
  • images

    काठमाडौँ । गए रातिको भूकम्पको पराकम्पनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई संरचनामा आंशिक क्षति पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार, लोमान्थाङ क्षेत्रलाई केन्द्रविन्दु बनाई गए राति गएको पाँच दशमलव ३ म्याग्नेच्युड स्केलको भूकम्पले लोमान्थाङ–३ फुवा गाउँको एक घरको छत र पर्खाल भत्किएको छ । 

    ढुङ्गा र माटोले निर्मित उक्त घरमा मानिस नबस्ने भएकाले मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले बताए । उक्त भूकम्पको उपल्लो मुस्ताङमा ठूलै पराकम्पन महसुस गरिएको हो ।
      
    प्रहरीका भूकम्पबाट लोमान्थाङ–५ लोमान्थाङस्थित छोदे गुम्बाको बाहिरी पर्खालसमेत भत्किएको छ । भूकम्पको धक्का महसुस भएपछि त्यस क्षेत्रका स्थानीय घर बाहिर बसेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend