२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • अमेरिकाविरुद्धको टि–२० मा नेपालले एक सय...

अमेरिकाविरुद्धको टि–२० मा नेपालले एक सय ६४ रनको योगफल बनायो

अमेरिकाविरुद्धको टि–२० मा नेपालले एक सय ६४ रनको योगफल बनायो

सीएनएन खबर
शुक्रवार, कार्तिक २ २०८१०८:४८
सीएनएन खबर
शुक्रवार, कार्तिक २ २०८१०८:४८
  • images

    काठमाडौँ । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले एक सय ६४ रनको योगफल बनाएको छ । 

    अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको हो । यो सँगै अमेरिकाले जितका लागि एक सय ६५ रनको चुनौती पाएको छ । 

    कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक  छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।

    अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए । अमेरिका अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend