२०८३, आश्विन १९ गते

images
  • शिक्षा
  • भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको...

भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

बिहिवार, आश्विन १ २०८३०७:२०
बिहिवार, आश्विन १ २०८३०७:२०
  • images
    काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले ८५ लाख सहयोग गरेको छ ।  
     
    काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा। विराजसिंह थापाका अनुसार विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयबमोजिम उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । 
     
    यसैबीच, काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले बाढीबाट पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार जम्मा गरेको छ । 
     
    बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend