काठमाडौँ । हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरू राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले हिमालय एयरलाइन्स्मा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा १४ लाख ७० हजार ६६६ रुपैयाँ संकलन गरेका छन् ।
सो रकममध्ये १० प्रतिशत रकम विपद्बाट प्रत्यक्ष प्रभावित हिमालयका कर्मचारीको परिवारलाई प्रत्यक्ष सहयोगस्वरूप उपलब्ध गराइएको छ भने बाँकी रु १३ लाख २० हजार ६६६ रुपैयाँ रकम नेपालमा हालैको बाढीबाट प्रभावित पीडितहरूको राहत तथा पुनस्र्थापना कार्यमा सहयोग र्पुयाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
राष्ट्रिय विपद्को यस कठिन घडीमा बाढी प्रभावित नेपाली नागरिकहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै हिमालय एयरलाइन्स्का विभिन्न विभागमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा आ–आफ्नो तर्फबाट योगदान संकलन गरी उक्त रकम प्रदान गरेका हुन् । आर्थिक सहयोगका साथसाथै हिमालय एयरलाइन्स्का कर्मचारीहरू एकजुट भई लुगाफाटा संकलन गरी काठमाडौं स्कुल अफ लमा प्रदान गरेका छन, जसले विपद्बाट प्रभावित समुदायलाई आवश्यक सामग्री उपलब्ध गराउने प्रयासमा टेवा पुर्याउने विश्वास राखिएको छ ।
सो रकम बराबरको चेक हिमालय एयरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल (गणेश) लाई हस्तान्तरण गरे ।

