२०८३, आश्विन २० गते

images

अमेरिकाविरुद्ध नेपालको सानदार जित

अमेरिकाविरुद्ध नेपालको सानदार जित

शुक्रवार, कार्तिक २ २०८११०:४१
शुक्रवार, कार्तिक २ २०८११०:४१
  • images

    काठमाडौं । नेपालले अमेरिकालाई टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा १७ रनले पराजित गरेको छ।  टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा आज बिहान भएको खेलमा कप्तान रोहित पौडेलको ४९ रन र बलरको कसिलो बलिङमा अमेरिकालाई १७ रनले हराएको छ। 

    १६५ रनको विजयी लक्षसहित मैदानमा उत्रिएको घरेलु टोली अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो।  अमेरिकाका लागि श्याम जाहंगिरले नटआउट ६० रन बनाए पनि पर्याप्त भएन। अमेरिकाका एन्ड्रिज गौरले ३० रन बनाए।  नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। 

    त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको  नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाए ।

    साथै दिपेन्द्र सिहं एरीले २८ रन बनाउँदा आसिफ सेख र अनिल शाहले समान २७-२७ रन बनाए। गुल्शन झाले ११ रन बनाउदा कुशल भर्तेल १० रनमा आउट भए। यसैगरि सोमपाल कामीले २ रन मात्र बनाउन सके।

    दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी–ट्वेन्टी आई सोमबार बिहान हुनेछ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन्।

    लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ। रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी–ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend