२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सुरक्षामा चुनौती बढेको भन्दै पूर्वप्रधानन्यायाधीश जबराले...

सुरक्षामा चुनौती बढेको भन्दै पूर्वप्रधानन्यायाधीश जबराले मागे थप सुरक्षा

सुरक्षामा चुनौती बढेको भन्दै पूर्वप्रधानन्यायाधीश जबराले मागे थप सुरक्षा

सोमवार, आश्विन १२ २०८३०२:०७
सोमवार, आश्विन १२ २०८३०२:०७
  • images

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारको सुरक्षामा चुनौती बढेको भन्दै सरकारसँग थप सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन्।

    जबराका तर्फबाट उनका छोरा सचिन्द्रशमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै सुरक्षा व्यवस्था थप गर्न आग्रह गरेका हुन्।

    निवेदनमा पछिल्लो समय देशको अवस्था तथा सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा सार्वजनिक भइरहेका शान्ति–सुरक्षासम्बन्धी विषयका कारण आफ्नो परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ।

    जबराले विगतमा राज्यका विभिन्न निकायमा रहेर निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखको हैसियतमा गरेका न्यायिक निर्णयका कारण समेत आफूले थप असुरक्षित महसुस गरेको निवेदनमा जनाएका छन्।

    यसअघि पनि सुरक्षासम्बन्धी केही विषय सम्बन्धित निकायलाई जानकारी गराएको उल्लेख गर्दै उनले पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर थप सुरक्षा आवश्यक रहेको बताएका छन्।

    निवेदनमा आफ्नो व्यक्तिगत विवरण तथा अवस्थाबारे राज्यका सुरक्षा निकाय जानकार रहेको उल्लेख गर्दै जबराले आफ्नो निवास, परिवार र व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायसँग आग्रह गरेका छन्।

    सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन उनले सम्बन्धित निकायसँग अनुरोध गरेका छन्।

    यद्यपि, जबराले थप सुरक्षा माग गर्दै दिएको निवेदनबारे काठमाडौं उपत्यका प्रहरी कार्यालयले हालसम्म के निर्णय गरेको छ भन्ने विवरण सार्वजनिक भएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend