२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मर्स्याङ्दी आंशिक थुनिएपछि चामेमा त्रास, बाढीविद्...

मर्स्याङ्दी आंशिक थुनिएपछि चामेमा त्रास, बाढीविद् भन्छन्: तत्काल ठूलो जोखिम छैन

मर्स्याङ्दी आंशिक थुनिएपछि चामेमा त्रास, बाढीविद् भन्छन्: तत्काल ठूलो जोखिम छैन

सोमवार, आश्विन १२ २०८३०५:०२
सोमवार, आश्विन १२ २०८३०५:०२
  • images

    काठमाडौँ । मनाङको चामेमा पहिरो खसेर मस्र्याङ्दी नदी आंशिक रूपमा थुनिए पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढीविद्ले बताएका छन्। 

    जलविज्ञान तथा जलअनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चामेमा पहिरो खसेर नदी थुनिए पनि मनाङको जलमापन केन्द्रबाट प्राप्त तथ्याङ्कमा तत्काल नदीको जलसतह घट्दो क्रममा रहेको जानकारी दिए । 

    “नदी थुनिए पनि ठूलो जोखिम छैन, तर आवश्यक सतर्कता अपनाउन जरुरी छ”, उनले भने, “मनाङको जलमापन केन्द्रबाट उपलब्ध तथ्याङ्कअनुसार तत्काल पानीको सतह बढेको देखिँदैन । अहिले वर्षा पनि रोकिएकाले नदीमा पानीको सतह घट्दै गइरहेको छ ।”
     
    जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार चामेस्थित मस्र्याङ्दी नदीमा पहिरो खसेपछि नदी आंशिकरूपमा थुनिएको हो । बाढीविद् पराजुलीले नदीको अवस्था र जलसतहको निरन्तर निगरानी भइरहेको जनाउँदै तत्कालका लागि उच्च जोखिम नरहे पनि नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend