२०८३, आश्विन १९ गते

images
  • समाचार
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, बाढीपीडित...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, बाढीपीडित पुनर्स्थापनादेखि सचिव बढुवासम्म छलफल हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, बाढीपीडित पुनर्स्थापनादेखि सचिव बढुवासम्म छलफल हुने

मंगलवार, आश्विन १३ २०८३१२:०६
मंगलवार, आश्विन १३ २०८३१२:०६
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका बैठक बोलाएका हुन् । 

    बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

    सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवाको तयारी गरेको स्रोतले जनाएको छ ।

    यसअघि नै बढुवा समिति समितिले प्रशासनतर्फका सहसचिवहरु आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई बढुवाका लागि सिफारिस गरिसकेको छ ।

    यसैगरी प्राविधिकतर्फ डा। जगदिश्वर कर्माचार्य, नविनराज सिंह र मीना श्रेष्ठ पनि सचिव बढुवाका लागि सिफारिस भएका छन् ।

    प्रशासन र प्राविधिकतर्फबाट एक–एक जना बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी सरकारले गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend