२०८३, आश्विन १९ गते

images

पत्रकार महासंघमा भाडभैलो, केन्द्रीय कार्यालयमा झडप

पत्रकार महासंघमा भाडभैलो, केन्द्रीय कार्यालयमा झडप

सीएनएन खबर
शनिवार, आषाढ १५ २०८१०८:१२
सीएनएन खबर
शनिवार, आषाढ १५ २०८१०८:१२
  • images

    काठमाडौँ । सदस्यताको विषयमलाई लिएर नेपाल पत्रकार महासंघमा भाडभैलो मच्चिएको छ । दोस्रो पटक घोषणा भएको निर्वाचनको कार्यतालिका अनुसार निर्वाचत हुनेमा पत्रकारका नेताहरु नै विश्वस्त हुन सकेका छैनन् । 

    सुद्धिकरण अभियान चलिरहेको बेलामा प्रदेश र जिल्लाबाट पठाएका सदस्यको नाम कटौती भएपछि युनियनले देशभरका शाखामा तालाबन्दी गरेको छ ।

    शुक्रबार राति नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो । युनियनले महासंघ निर्वाचन कमिटीले प्रकाशन गरेको पत्रकारको अन्तिम नामावलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो ।

    कार्यालयमा झडप

    शुक्रबार साँझ युुनियनले केन्द्रीय कार्यालयमा तालाबन्दी तथा शनिबार बिहान देशभरका शाखा कार्यालयमा तालाबन्दी गरेको छ । उक्त विरोधमा शनिबार दिउँसो केन्द्रीय कार्यालय तिलगंगामा प्रेस युनियन र प्रेस चौतारीका सदस्यहरुबीच झडप समेत भएको छ । 
    अहिले अवस्था सामान्य भएपछि युनियर र सेन्टरका नेताहरु केन्द्रीय कार्यालयमा धर्नामा बसेका छन् ।

    महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । 

    यसअघि जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण रोकिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend