२०८३, आश्विन १९ गते

images
  • समाचार
  • आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?...

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना? मौसम महाशाखाले दियो यस्तो पूर्वानुमान

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना? मौसम महाशाखाले दियो यस्तो पूर्वानुमान

बिहिवार, आश्विन १५ २०८३०७:५१
बिहिवार, आश्विन १५ २०८३०७:५१
  • images

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने साथै देशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    राति भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन । तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिनुहुन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend