२०८३, आश्विन २० गते

images
  • विश्व
  • अब मलेसियामा श्रमिकको न्यूनतम तलब १७...

अब मलेसियामा श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट, नेपालीलाई हुनेछ यस्तो फाइदा ?

अब मलेसियामा श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट, नेपालीलाई हुनेछ यस्तो फाइदा ?

आइतवार, कार्तिक ४ २०८१०७:३५
आइतवार, कार्तिक ४ २०८१०७:३५
  • images

    काठमाडौँ । मलेसियन सरकारले श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट बनाएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्ष (२०२५) को बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् । 

    यो तलबमान आउँदो फेब्रुरुअरी १ देखि कार्यान्वयनमा आउनेछ । उक्त तलबमान कार्यान्वयनमा आएसँगै नेपाली श्रमिकले समेत मलेसियन नागरिक सरह सेवासुविधा पाउनेछन् । 

    संसदमा पेश भएको बजेट अनुसार अब नेपाली श्रमिकले न्यूनतम तलब १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) पाउँनेछन् । 

    यसअघि मलेसियामा श्रमिकको न्यूनतम तलब १५ सय रिंगेट (४७ हजार रुपैयाँ) कायम गरिएको थियो । मलेसियाले नयाँ तलब दुई वर्षपछि बढाएको हो । बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागू हुने प्रधानमन्त्री इब्राहिमको भनाइ छ । 

    मलेसियाको न्यूनतम पारिश्रमिक नीतिअनुसार राष्ट्रियताका आधारमा कुनै पनि श्रमिकले पाउने न्यूनतम तलबमा भेदभाव गर्न पाइँदैन । यो सन् १९९७ मा जारी भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को समान पारिश्रमिक महासन्धि (१००) अनुसार मिल्दोजुल्दो छ ।

    अहिले मलेसियामा रहेको आप्रवासी श्रमिकको संख्यामा नेपाली तेस्रो स्थान (१६.१७ प्रतिशत) मा पर्छन् । यहाँ तीन लाख ९९ हजार ६ सय १४ जना नेपाली कार्यरत छन् । जसमा १० हजार ९ सय ५७ जना महिला छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend