२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कोशी, बागमती र गण्डकीमा बदली, केही...

कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा हल्का तथा मध्यम वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा हल्का तथा मध्यम वर्षाको सम्भावना

शुक्रवार, आश्विन १६ २०८३०८:०१
शुक्रवार, आश्विन १६ २०८३०८:०१
  • images

    काठमाडौँ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ । देशका तराई भू–भागका थोरै ठाउँमा हुस्सु लागेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागमा र देशका तराई भू–भागमा आंशिक बदली रहनेछ । कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू–भागका साथै गण्डकी प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा र बागमती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन । तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend