२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० आई...

अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० आई सिरिजको उपाधि

अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० आई सिरिजको उपाधि

आइतवार, कार्तिक ४ २०८११०:४६
आइतवार, कार्तिक ४ २०८११०:४६
  • images

    काठमाडौं । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ । दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

    यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

    नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend