२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण...

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने

आइतवार, कार्तिक ४ २०८१०२:१३
आइतवार, कार्तिक ४ २०८१०२:१३
  • images

    काठमाडौं । अर्थमन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताएका हुन् ।

    अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए । राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

    बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढी पहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराउनु भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend