२०८३, आश्विन २१ गते

images

शेयर बजारमा ४७ अंकको गिरावट

शेयर बजारमा ४७ अंकको गिरावट

आइतवार, कार्तिक ४ २०८१०३:४०
आइतवार, कार्तिक ४ २०८१०३:४०
  • images

    काठमाडौं । शेयर बजारमा भारी गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ४७ दशलमव ४४ अंकले घटेर २,६९७ को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १८ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोडमाथिको शेयर कारोबार भउको छ । कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

    आज सुबैभन्दा धेरै स्टर्न हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend