२०८३, आश्विन २८ गते

images
  • अटो
  • भारतीय विद्युतीय स्कुटर ब्रान्ड ‘जेलियो’ नेपाली...

भारतीय विद्युतीय स्कुटर ब्रान्ड ‘जेलियो’ नेपाली बजारमा, कुलमान घिसिङले गरे पहिलो शोरुम उद्घाटन

भारतीय विद्युतीय स्कुटर ब्रान्ड ‘जेलियो’ नेपाली बजारमा, कुलमान घिसिङले गरे पहिलो शोरुम उद्घाटन

images
बुधवार, आश्विन २८ २०८३१०:३०
बुधवार, आश्विन २८ २०८३१०:३०
  • images

    काठमाडौँ । भारतको चर्चित विद्युतीय स्कुटर ब्रान्ड ‘जेलियो’ नेपाली बजारमा प्रवेश गरेको छ। नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रालिले भित्र्याएको उक्त ब्रान्डको पहिलो शोरुमको उद्घाटन उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले असोज २६ गते सोमबार गरेका हुन्।

    नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला जेलियोले आधुनिक, किफायती तथा वातावरणमैत्री यातायातको विकल्प प्रस्तुत गरेको जनाएको छ। सर्वसाधारणको दैनिक आवागमनलाई सहज, सस्तो र प्रविधिमैत्री बनाउने उद्देश्यले कम्पनीले विभिन्न मोडलका विद्युतीय स्कुटर नेपाली बजारमा उपलब्ध गराएको हो।

    कम्पनीका अनुसार जेलियोका विद्युतीय स्कुटरमा आकर्षक तथा आधुनिक बनावट, उच्च दक्षतायुक्त विद्युतीय मोटर, आधुनिक ब्याट्री प्रविधि, अङ्कीय प्रदर्शन प्रणाली, आरामदायी यात्रा, पर्याप्त सामान राख्ने ठाउँ तथा विभिन्न सुरक्षा सुविधाहरू रहेका छन्।

    नेपालमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएको अवस्थामा ग्राहकलाई कम सञ्चालन खर्चमा यात्रा गर्न सहज बनाउनुका साथै वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्ने लक्ष्य कम्पनीले लिएको छ।

    जेलियोका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले उपलब्ध मोडल तथा योजनाअनुसार किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा र पुरानो सवारीसाधन साटेर नयाँ खरिद गर्ने सुविधा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, ग्राहकलाई स्कुटर खरिद गर्नुअघि परीक्षण यात्रा गर्ने अवसरसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

    बिक्रीपछिको सेवा, मर्मतसम्भार, आवश्यक पाटपुर्जा तथा प्राविधिक सहयोग पनि कम्पनी र आधिकारिक विक्रेतामार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    कम्पनीका प्रतिनिधिका अनुसार नेपालमा विद्युतीय यातायातको प्रयोग बढिरहेको अवस्थामा ग्राहकको आवश्यकता, बजेट र दैनिक प्रयोगलाई ध्यानमा राखेर आधुनिक तथा किफायती विद्युतीय स्कुटर उपलब्ध गराउने लक्ष्य राखिएको छ। गुणस्तरीय उत्पादनसँगै भरपर्दो सेवा र सहज किस्ताबन्दी सुविधा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको उनीहरूले बताएका छन्।

    जेलियोले आगामी दिनमा नेपालका विभिन्न प्रमुख सहरमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने योजना बनाएको छ। यसबाट विद्युतीय सवारीसाधनको प्रयोगलाई थप सहज र सर्वसाधारणको पहुँचमा पुर्‍याउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend