२०८३, आश्विन २९ गते

images
  • समाचार
  • दसैँ–तिहारमा हवाई यात्रुको चाप व्यवस्थापन गर्न...

दसैँ–तिहारमा हवाई यात्रुको चाप व्यवस्थापन गर्न विमानस्थललाई प्राधिकरणको निर्देशन

दसैँ–तिहारमा हवाई यात्रुको चाप व्यवस्थापन गर्न विमानस्थललाई प्राधिकरणको निर्देशन

images
बिहिवार, आश्विन २९ २०८३११:३९
बिहिवार, आश्विन २९ २०८३११:३९
  • images

    काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वका अवसरमा हवाई यात्रुको आवागमन बढ्ने भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थललाई सेवा व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएको छ।

    प्राधिकरण अन्तर्गतको आन्तरिक विमानस्थल तथा सुविधासम्बन्धी विभागले विभिन्न विमानस्थल कार्यालयलाई पत्राचार गर्दै चाडपर्वर्का  समयमा यात्रुको चापलाई मध्यनजर गरी विमानस्थल सञ्चालन, व्यवस्थापन तथा सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको हो ।

    प्राधिकरणले विमानस्थल सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९ र विमानस्थल सरसफाइसम्बन्धी निर्देशिका, २०७९ मा उल्लेखित व्यवस्थाअनुसार उपलब्ध जनशक्ति र आर्थिक स्रोतको उचित उपयोग गर्न निर्देशन दिएको छ। साथै, आर्थिक वर्ष २०८३र८४ का लागि स्वीकृत वार्षिक विनियोजित बजेटको अधिकतम उपयोग गरी यात्रु सुविधालाई व्यवस्थित बनाउन भनिएको छ।

    पत्रमा विमानस्थलको सञ्चालन, व्यवस्थापन र सरसफाइलगायतका विषयमा कार्यालय प्रमुखहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै कार्यक्षमता मूल्यांकनको प्रमुख आधारका रूपमा समेत यसलाई लिइएको स्मरण गराइएको छ।

    प्राधिकरणले विमानस्थल सञ्चालन तथा व्यवस्थापनसँगै यात्रु सेवा सुविधासम्बन्धी कार्यलाई प्राथमिकतामा राख्न र आन्तरिक सुरक्षाका विषयमा विशेष ध्यान दिँदै जिम्मेवारीपूर्वक काम गर्न सम्बन्धित कार्यालयहरूलाई आग्रह गरेको छ।

    प्राधिकरणका प्रबन्धक हिमचन्द्र पन्तद्वारा हस्ताक्षरित पत्र देशभरका विभिन्न विमानस्थल कार्यालयलाई पठाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend